पाँचथरमा २ महिला मृत फेला, १ जनाको पहिचान खुल्न बाँकी

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १९, शनिबार ११:०७

पाँचथर । खोलाले बगाएर ल्याएको र सडकमा लडिरहेको अवस्थामा पाँचथरमा शनिबार बिहान २ जना महिला मृत फेला परेका छन् ।

प्रहरीका अनुसार कुम्मायक गाउँपालिका–३ तमोर नदीको बरुम्जे दोभानमा १ जनाको शव भेटिएको हो । नदीले बगाएर ल्याएको अवस्थामा शव भेटिएकी महिलाको पहिचान खुलेको छैन । पहिचानको प्रयास भइरहेको र बाढी एवं पहिरोबाट बेपत्ता भएकाका परिवारलाई खबर गरिसकिएको जानकारी प्रहरीले दिएको छ ।

त्यस्तै, फिदिम नगरपालिका–१२ भोटेगाउँको सडकमा लडिरहेको अवस्थामा १ महिलाको शव भेटिएको छ । फालेलुङ गाँउपालिका–७ की ५५ वर्षीया देवीमाया रिमाल (तामाङ) मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनी माइती जान्छु भनेर असोज १२ गते घरबाट हिँडेको जानकारी परिवारका सदस्यले प्रहरीलाई दिएका छन् । माइती नपुगेपछि उनको खोजी थालिएको थियो । खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै शवलाई पोस्टमार्टमका लागि पाँचथर अस्पताल लगेको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.