
विराटनगर । विराटनगरमा एक पुरुष मृत फेला परेका छन् । शनिबार दिउँसो विराटनगर महानगरपालिका– ९ स्थित पुरानो संचयकोषको कार्यालयको पेटीमा अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।
मृतकको पहिचान नखुलेको वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव उपरीक्षक बुद्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार शव पोष्टमार्टमका लागि कोशी अस्पताल पठाएर पहिचानको प्रयास भइरहेको छ ।
मृत भेटिएका पुरुषले मागेर गुजारा गर्दै आएको देखिएकाे प्रहरीले बताएकाे छ ।

























