बाढी पहिराे प्रभावितलाई तत्काल राहत दिन सरकारलाई कांग्रेसको ध्यानाकर्षण

Share this
800shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २०, आइतबार ११:३७

विराटनगर । बाढी पहिरोमा परी  ज्यान गुमाएको परिवारलाई तत्काल  राहत उपलब्ध गराउन नेपाली कांग्रेसले सरकारलाई ध्यानाकर्षण गराएको छ ।

आइतबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेसले तत्काल राहत उपलब्ध गराउन माग गरेको हो । कांग्रेसले बाढी र पहिरोका कारण क्षति पुगेका सडकहरू तत्काल सञ्चालन हुने गरी मर्मत गर्न पनि माग गरेको छ । 

‘नेपालीहरूको महान चाड पर्वहरूको सुरुवातको समयमा भएको यो विपद्को घडीमा प्रदेश सरकारले तत्काल मृतकका परिवारलाई राहत, घाइतेलाई निःशुल्क स्वास्थ्य उपचार, बेपत्ताहरूको खोजी, विस्थापितहरूकाे पुनर्स्थापना, बालीनाली नष्ट भई विस्थापित भएकाहरूलाई आवश्यक राहत सरकारले उपलब्ध गराउनुपर्छ,’, कांग्रेसले भनेको छ ,‘मर्मत गरेर सञ्चालनमा आउन सक्ने झोलुङ्गे पुलको मर्मत, नयाँ झोलुङ्गे पुलको निर्माण, बेलिब्रिजको निर्माण, अवरुद्ध सडक र पुलको पुनर्ननिर्माण गरी तत्काल आवतजावत सुचारु गर्न नेपाली कांग्रेस कोशी प्रदेश एवम् संसदीय दल प्रदेश सरकार समक्ष माग गर्दछ ।’ 

गत असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी कोशी प्रदेशमा २० जनाको मृत्यु भएको थियो । ७ जना बेपत्ता छन् । ६२१ परिवार विस्थापित भएका थिए । बाढी पहिरोका कारण   ३४ वटा पुलमा क्षति पुगेको थियो । भौतिक पूर्वाधार तर्फ करिब १ अर्ब ११ करोड २० लाख बराबरको क्षति भएको अनुमान छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.