डीडीसी विराटनगर : दसैंमा पनि तिरेन किसानकाे १४ करोड

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २०, आइतबार १८:२०

विराटनगर । दुग्ध विकास संस्थान विराटनगर दुग्ध वितरण आयाेजनाले किसानबाट खरिद गरेकाे दूधकाे आधा मात्रै भुक्तानी गरेको छ । बजारको बिक्री र किसानको भुक्तानीमा सन्तुलन राख्न नसकेका कारण समस्यामा परेको डीडीसीले आधा मात्रै भुक्तानी गरेको हो ।

डीडीसीले मङ्सिरदेखि भुक्तानी रोकेको थियो । केन्द्रबाट १६ करोड ८ लाख रुपैयाँ निकासा भएपछि केही दिनअघि चैत मसान्तसम्मको भुक्तानी गरेको विराटनगर दुग्ध वितरण आयाेजनाका निमित्त प्रमुख हिरबहादुर थापामगरले बताए । वैशाखयता भुक्तानी गर्न बाँकी रहेको उनले बताए ।

उनका अनुसार असारसम्मको मात्रै करिब २६ करोड भुक्तानी बाँकी थियो । केन्द्रबाट चैत मसान्तसम्मको लागि भन्दै १६ करोड ८ लाख रुपैयाँ मात्रै निकासा भएको थियो । निकासा भएको सबै रकम किसानलाई भुक्तानी गरेको उनकाे दाबी छ ।

डीडीसी को विराटनगरले बैशाखदेखि भदौ मसान्तसम्म १३ करोड ८९ लाख भुक्तानी गर्न बाँकी रहेकाे उनले बताए । असोज महिनाको भने हिसाब भइसकेको छैन । बाँकी रकम दसैंअघि भुक्तानी गर्ने सम्भावना छैन । 

डीडीसीले किसानबाट खरिद गरेको दूध बजारमा पठाउँछ । पाउडर दूध पनि उत्पादन गर्छ ।

पछिल्लो समयमा डीडीसीले दूध सङ्कलन पनि कटौती गरेको छ ।

धूलो दूध स्टक धेरै भएपछि सङ्कलन कटौती गरेको हो । उनका अनुसार विराटनगर दुग्ध वितरण आयाेजनामा मात्रै ८२ हजार १२० किलो पाउडर दूध स्टकमा छ । १ वर्षयता स्टकमा रहेको धुलो दूध डीडीसीले बिक्री गरिरहेको छ । ‘स्टक धेरै भएकाले सङ्कलन पनि कम गरेको हो,’ उनले भने,‘ हामीसँग मखन पनि एक लाख ९६ हजार किलो स्टकमा छ ।’

धूलो दूधको आयु १८ महिनाको मात्रै हुन्छ । एक वर्षयताको धूलो दूध स्टक रहेका कारण किसानको दूध सङ्कलन कटौती गरेको डीडीसीले धूलो दूध र सङ्कलन भएको दूधलाई मिसाएर बजार पठाइरहेको छ ।

विराटनगर, इटहरी धरानलगायत बजारमा डीडीसी ले दैनिक २ हजार २२ सय देखि दुई हजार ५ सय लिटरसम्म दूध बिक्री गर्छ । दैनिक करिब ६ सय लिटर दही बिक्री गर्ने डिडिसीले दैनिक सरदर ६० किलो हाराहारी पनिर बिक्री गर्छ ।

गत असारसम्म आयाेजनाले दैनिक २२ किलोलिटरसम्म दूध सङ्कलन गरेको थियो साउनदेखि भने दैनिक १०–१२ हजार लिटर दूध मात्रै सङ्कलन गरिरहेको थापामगरले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.