स्वास्थ्य क्षेत्रमा सोचे अनुसार काम हुन सकेन : मुख्यमन्त्री

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २०, आइतबार १९:३०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनशक्ति र स्रोत साधनको अभावका कारण सोचे अनुसार स्वास्थ्य क्षेत्रमा काम गर्न नसकेको बताएका छन् ।

प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको आइतबार उद्‌घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका स्वास्थ्य क्षेत्रमा आवश्यक स्रोत साधन नहुँदा सोचे अनुसार काम गर्न नसकेको बताएका हुन् ।

उनले सरकारले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्ने प्रयास गरिरहेको बताए । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन डाक्टर महेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यदल गठन गरेको बताउँदै उनले कार्यदलको सुझाव अनुसार गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्रवाह गर्ने बताए । 

स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीहरूको सरुवा, बढुवा र वृत्ति विकासको चाँडै कार्यविधि बनाएर अघि बढ्ने उनले बताए । उनले स्वास्थ्य सेवामा संवेदनशील भएर खटिन पनि आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा स्वास्थ्य क्षेत्रमा आवश्यक साधन स्रोतको पूर्तिका लागि नीतिगत रुपमा बजेटको व्यवस्था गरिने बताए । गोष्ठीमा प्रदेशका १४ जिल्लाका मन्त्रालय अन्तर्गतका अस्पताल,  निजी  अस्पताल, शिक्षण अस्पताल, आयुर्वेद कार्यालयका प्रतिनिधी सहभागी छन् ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.