उदयपुरमा महिलाको टाउको बोकेर हिड्ने पुरुष पक्राउ

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २२, मंगलबार २२:३८

विराटनगर । उदयरपुरमा प्रहरीले महिलाको टाउको बोकेर हिडिरहेका पुरुषलाई पक्राउ गरेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका ३६ वर्षीय जंग बहादुर घिसिङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले श्रीमतीको हत्या गरी टाउको बाकेर हिडेका हुन् । घिसिङले पनि श्रीमतीकाे हत्या गरेकाे  स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार उनी डेराबाट श्रीमतीकाे टाउको बोकेर  प्रहरी कार्यालय आइरहेका थिए । बाटोमा प्रहरीले भेटेपछि उनलाई हिँडाएर इलाका प्रहरी कार्यालय जलजलेमा लगेको थियाे । जलजलेबाट जिल्ला प्रहरी कार्यालयमा पठाएकाे छ ।

सामान्य घरायसी विवादमा उनले श्रीमती अन्दाजी २८ वर्षीय प्रमिला लामाको हत्या गरी टाउको बोकेर हिडेको देखिएको प्रहरीले बताएको छ ।

उदयपुरकै ताप्ली गाउँपालिका–४ ठानागाउँ स्थायी घरका उनीहरु जलजलेमा बस्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.