
काठमाडौँ । एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्याश भएको छ ।
कीर्तिपुर नगरपालिका- २, मैत्रीनगरमा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालय भवनको शिलान्याश गरेका हुन् ।
कीर्तिपुर नगरपालिका– २ मैत्रीनगरमा भटभटेनीका सञ्चालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले एमाले पार्टी कार्यालय बनाउनका लागि १० रोपनी १४ आना जग्गा दान गरेका थिए ।
एमालेका महासचिव शंकर पोखरेलका अनुसार गुरुङ दम्पतीले दिएको १० रोपनी १४ आना जग्गामा एमालेको अत्याधुनिक भवन बन्नेछ ।
एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्याएपछि नयाँ कार्यालय भवन बनाउन लागेको हो ।

























