आदिवासी समुदायहरूको सम्पदा प्रति सम्मान छ : अमेरिकी दुतावास

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २८, सोमबार १३:५८

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले आदिवासी समूदायहरुको सम्पदाप्रति सम्मान प्रकट गरेको छ ।

नेपालमा विभिन्न २७ वटा सम्पदा संरक्षण परियोजनाहरुमा अमेरिकी सरकारको झण्डै ४.५ मिलियन अमेरिकी डलरको सहयोग रहेको पनि दूतावासले जनाएको छ ।

शुभकामना सन्देशमा दूतावासले अमेरिकाले नेपालका आदिवासी समूदायहरुका योगदानलाइृ सम्मान गर्ने पनि उल्लेख गरेको छ ।

दूतावासले आफ्नो फेसबुक पेजमा लेखेको छ :-
आदिवासी दिवसको शुभकामना !
आज हामी आदिवासी दिवसको उपलक्ष्यमा सम्पूर्ण आदिवासी समुदायहरूको सम्पदा प्रति सम्मान प्रकट गर्न चाहन्छौं ।
नेपालमा सांस्कृतिक संरक्षणका लागि अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषमार्फत स्थानीय आदिवासी कालिगढ़हरूसँग साझेदारी गर्दै हनुमानढोकाको कालभैरव देखी मुस्ताङका गुम्बाहरू , भक्तपुरका मन्दिरहरू र कार्तिक नाचलगायत २७ वटा विभिन्न सम्पदा संरक्षण परियोजनाहरूमा अमेरिकी सरकारको झन्डै ४.५ मिलियन अमेरिकी डलरको सहयोग रहेको छ।
आजको दिनमा हामी नेपालका आदिवासी समुदायहरूका योगदानहरूलाई सम्मान गर्छौं र उहाँहरूको सांस्कृतिक सम्पदा, अधिकारहरू, र नेपालको भविष्य निर्माणमा उहाँहरूको सहभागितालाई समर्थन गर्ने नेपालको प्रतिबद्धतालाई चिनाउँछौं।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.