
विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले आजबाट लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँ वृद्धि गरेको हो ।
योसँगै तेस्रो वर्ग अन्तर्गत पेट्रोलको मूल्य १५९ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गत १५८ रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका १५६।५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेलको मूल्य तेस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १४८।५० रुपैयाँ कायम भएको छ ।

























