मन्थलीमा अलपत्र पर्यटकलाई नेपाली सेनाको जहाजले लुक्ला ल्याउने

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ३०, बुधबार १८:२९

सोलुखुम्बु । रामेछापको मन्थलीमा रोकिएका पर्यटकलाई नेपाली सेनाले उद्दार गर्ने भएको छ । प्रतिकुल मौसमका कारण  ३ दिनदेखि मन्थलीमा रोकिएका पर्यटकलाई नेपाली सेनाको जहाज प्रयोग गरेर उद्दार गरिने रक्षा मन्त्री मानवीर राईले बताए ।

३ दिनदेखि मन्थली अड्किएका ५ सय भन्दा बढी पर्यटकलाई लुक्ला विमानस्थल पुर्याउन नेपाली सेनाको जहाज प्रयोग गर्न निर्देशन दिएको रक्षामन्त्री राईले बताए ।

ट्रेकिङ एजेन्सि एशोसियसन (टान) नेपालले रामेछापको मन्थलीमा अलपत्र परेका पर्यटकहरुको विवरण उपलब्ध गराउन पर्यटन व्यवसायीलाई सर्कुलर गरेको छ ।

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले तत्काल उद्धार गर्नु पर्ने पर्यटकको संख्या उपलब्ध गराउन ट्रेकिङ कम्पनीहरुलाई आग्रह गरेको बताए ।

उनका अनुसार ५ सयको संख्यामा विदेशी पर्यटकहरु मन्थलीमा अलपत्र परेका छन् । नेपाली सेनाको १६ सिट यात्रु बोक्ने जाहाँजले दैनिक ६ वटा उडान गरेर यात्रुको उद्दार गर्नेछ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.