पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ : सहकारी ठगीमा हुनसक्छ ८ वर्ष कैद

Share this
817shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २, शुक्रबार २०:३७

विराटनगर । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत अपचलन  गरेको आराेपमा आज पक्राउ परेका हुन् ।

उनीविरुद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट ‘सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धानका लागि आजै पक्राउकाे अनुमति लिएको थियाे । पक्राउ पुर्जी जारी भएपछि रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले पाेखरा लगेकाे छ ।

लामिछाने ५ वटा सहकारीको ६५ करोड अपचलनमा जोडिएका छन् । सूर्य थापा नेतृत्वकाे संसदीय छानविन विशेष समितिले गोर्खा मिडियामार्फत भएको अपचलनमा रवि लामिछानेलाई मुख्य जिम्मेवार देखाएको छ ।

प्रतिवेदनमा भनिएको छ,‘ सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’

तत्कालीन गोरखा मिडिया नेटवर्कमा रहँदा लामिछानेले गरेको कार्यमा सहकारी ऐन, २०७४ को दफा १२२ को (ख) (च) (ज) (त) विपरित हो । सो कार्य गरे बापत सोही ऐनको १२४ को दफा १ र ३ को कसूर आकर्षित हुन्छ । दफा १२४ को (१) को (घ) को (५) मा ६ वर्षदेखि ८ वर्ष कैद हुनसक्ने प्रावधान छ ।

सहकारी ऐनमा दफा १२२ को (त) मा सहकारी संस्थालाई हानी नोक्सानी पुर्याउने उद्देश्यले कसैले कुनै काम गराउन वा नगराउन मोलाहिजा गर्न वा गराउन, कुनै किसिमको रकम लिन वा दिन, बिना मूल्य वा कम मूल्यमा कुनै माल बस्तु वा सेवा लिने वा दिने, दान दातव्य, उपहार वा चन्दा लिन वा दिन, गलत लिखत तयार गर्न वा गराउन अनुवाद गर्न वा गराउन वा गैर कानुनी लाभ वा हानी पुर्याउने बदनियतले कुनै कार्य गरे वा गराएमा कसूर मानिनेछ । सो कार्य गरे ६ वर्षदेखि ८ वर्षसम्म सजाय हुने प्रावधान ऐनमा छ ।

लामिछानेमाथि आकर्षित हुने दफा १२४ को उपदफा १ को (घ) मा दफा १२२ को खण्ड (घ), (ङ(, (च), (छ), (ज), (झ), (ञ), (ट), (ण) र (त) अनुसारको कसूरमा बिगो भराई बिगो बमोजिमको जरिवाना गरी कैद सजाय हुने उल्लेख छ ।

ऐनमा एक करोडदेखि दश करोडसम्म रुपैयाँसम्म बिगो भए चार वर्षदेखि ६ वर्षसम्म कैद र १० करोडदेखि माथि एक अर्ब रुपैयाँसम्म बिगो भए ६ वर्षदेखि ८ वर्षसम्म कैदको सजाय हुने व्यवस्था छ ।

रवि जोडिएको गोरखा मिडिया नेटवर्कमा सहकारीको ६५ करोड अपचलन भएको छ, जसमा सहकारी ऐनको दफा १२४ को उपदफा १ को (घ) को (५) अर्थात ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनसक्ने कानुनी व्यवस्था छ ।

सोही दफाको उपदाफा ३ को व्यवस्था पनि आर्कषित हुन्छ । १२४ को उपदफा ३ मा लेखिएको छ,‘ दफा १२२ को कसूर गर्ने वा त्यस्तो कसूर गर्न मद्दत पुर्याउने कुनै निकाय वा संघ संस्था भए त्यस्तो निकाय वा संघ संस्थाको प्रमुख कार्यकारी वा पदाधिकारी वा कार्यकारी हैसियतमा कार्य सम्पादन गर्ने व्यक्तीलाई यस ऐन बमोजिम सजाय हुनेछ ।’

उनीमाथि संगठित अपराध निवारण ऐन २०७० को दफा ९ अनुसार थप सजाय पनि हुनसक्छ ।

सरकार मर्याे, हामीलाई जुठाे पर्याे : लामिछाने

पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाएका छन् । लामिछानेले आफूले कुनै अपराध नगरेको दाबी गरे । उनले भने,‘अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु । तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु ।’

पक्राउ पर्नुअघि उनले सामाजिक सञ्जालमा सरकार मरेका कारण जुठाे परेको प्रतिक्रिया दिएका थिए । ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ उनले प्रश्न गरेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी , मेरो हातमा चाहिं हत्कडी ?’

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.