
काठमाडौं । सहकारी ठगी आरोपमा काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले कास्की पुर्याएको छ । शुक्रबार बेलुका पक्राउ परेका लामिछानेलाई प्रहरीले राति नै कास्की पुर्याएको हो ।
कास्की प्रहरीले आइतबार मात्र अदालतमा उपस्थित गराउने जनाएको हो ।
शनिबार सार्वजनिक बिदा भएका कारण अदालत खुले लगतै अदालतमा उपस्थित गराउने भएको हो ।
उनीमाथि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ ।

























