
काठमाडाैं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतबाट न्याय पाउने बताएका छन् ।
आइतबार प्रहरीले अदालतमा उपस्थीत गराएका बेला लामिछानेले आफूलाई न्यायलयप्रति विश्वास रहेको बताएका हुन् ।
सहकारी ठगीमा अनुसन्धानका लागि शुक्रबार काठमाडौँबाट पक्राउ परेका उनलाई प्रहरीले आज कास्की जिल्ला अदालतमा उपस्थीत गराएको हो ।
‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन्,’ उनले भने,‘ यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ ।’
अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पनि पार्टी कार्यकर्तालाई आह्वान गरेका छन् ।

























