
पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध म्याद थपका लागि भएको बहस सकिएको छ ।
केहीबेरमै म्यादबारे आदेश आउने अदालत स्रोतले जनाएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस भएको थियो ।
लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि ५ दिनको म्याद लिएको थियो ।
लामिछाने सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका थिए ।

























