झापामा बसको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु, केरखाको अवस्था तनावग्रस्त

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ७, बुधबार १९:५०

विराटनगर । पूर्व- पश्चिम राजमार्गको झापाको केरखामा खण्डमा बसको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको प्र. १–०१–००१ ख ४३३१ नम्बरको रात्री बसको ठक्करबाट कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र १० वर्षीय बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक हजुरबुबा नातिनी हुन् । उनीहरु इलेक्ट्रिक साइकलमा सवार थिए ।

दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर ठक्कर दिने बसमा तोडफोड गरेका छन् ।

केरखाको अवस्था तनावग्रस्त भएपछि आसपासको क्षेत्रबाट प्रहरीको मद्दत टोली मगाएर राजमार्ग खुलाउने प्रयास भइरहेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

मृतकको शव घटनास्थलमै छ । स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.