
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई प्रहरीले आज अदालत उपस्थित गराउँदैछ ।
दुई जनालाई एकैसाथ अदालत लैजाने प्रहरीको तयारी छ । प्रहरीले छविलाललाई गत असोज ६ गते पक्राउ गरेको थियो । रविलाई गत शुक्रबार काठमाडौंमा पक्राउ गरी रातारात पोखरा ल्याइएको थियो ।
उनीहरुमाथि अनुसन्धानका लागि थपिएको म्याद आज सकिने भएपछि एकसाथ अदालतमा उपस्थित गराउन लागिएको प्रहरी स्रोतले जनाएको छ ।
आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुने गरी ६ दिनको म्याद थप भएको थियो ।

























