
काठमाडौं । नेपाल सरकारका सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गर्न नाम सिफारिस गरिएको छ ।
सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा विष्टलाई सिफारिस गरेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी कात्तिक ५ गते अवकाशमा गएसँगै रिक्त पदमा बढुवा गर्न लागिएको छ ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव विष्टको नाम सिफारिस गरेको छ । ज्येष्ठताका आधारमा नाम सिफारिस गरिएको हो ।
मन्त्रिपरिषद्को बैठकले विष्टलाई सचिवमा बढुवा गर्ने छ । उनलाई कुनै प्रदेशमा प्रमुख सचिव बनाएर पठाउने तयारी रहेको बताइएको छ ।

























