संखुवासभामा भल्भो टिपर दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १५, बिहीबार ०८:०८

खाँदबारी । संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा भल्भो टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ ।

संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार बुधबार साँझ ७ बजेतिर दुर्घटना भएको हो । अरुण तेस्रो जलविद्युत परियोजनाको ड्याम साइडमा काम गरेर फर्किने क्रममा आफैं अनियन्त्रित भएर एचपी ११–४९३३ नम्बरको टिपर दुर्घटनामा परेको जानकारी उनले दिए ।

बस्नेतका अनुसार अनुसार टिपर सडकदेखि अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेर अरुण तेस्रोका मजदुर भारतीय नागरिकहरुको मृत्यु भएको हो । घाइते हुनेहरु पनि भारतीय नागरिक नै हुन् ।

दुर्घटनामा टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार भारतीय नागरिक २९ वर्षीय सारुक महमदको मृत्यु भएको डीएसपी बस्नेतले बताए । उनका अनुसार दुवै जनाको उपचारका क्रममा जिल्ला अस्पताल खाँदबारीमा बिहीबार बिहानका राति करिब पौने ४ बजेतिर मृत्यु भएको हो ।

दुर्घटनामा परेर भारतीय नागरिक २८ वर्षीय योगेन्द्र पाल र ४० वर्षीय ईश्वर पासवान घाइते भएका छन् । गम्भीर अवस्थाका पासवानलाई खाँदबारी अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ ।

घाइतेमध्ये पालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पासवान बिहार र पाल उत्तर प्रदेशका बासिन्दा हुन् । डीएसपी बस्नेतका अनुसार भिरालो ठाउँमा दुर्घटना भएका कारण उद्धारमा निक्कै बेर समय लागेको थियो । कच्ची सडक र खाल्डाखुल्डीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब ५६ किलोमिटर उत्तरमा पर्छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.