कोशी प्रदेश : घर भाडामा सरकारको वार्षिक ६ करोड खर्च

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १६, शुक्रबार १०:००

विराटनगर । आफ्नै संरचना नहुँदा कोशी प्रदेश सरकारले वार्षीक करिब ६ करोड रुपैयाँ घर भाडामा खर्च गर्दै आएको छ ।

प्रदेशसँग आफ्नै संरचना अभाव छ । संघीय सरकारका विभिन्न कार्यालय मर्मतसम्भार गरेर प्रदेश संरचना बनाइएका छन् । संघीय संरचनाले नपुगेको अवस्थामा प्रदेशले भाडामा भवन लिएर संरचना निर्माण गरिरहेको छ ।

कोशी प्रदेशको मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री र प्रमुख सचिवको निवासबाहेक अरु सबै मन्त्रीको निवास भाडाका घर भाडामा छन् ।

सभामुख, उपसभामुको निवास, प्रदेश लेखा नियन्त्रण कार्यालय, मुख्य न्यायाधीवक्ताको कार्यालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश लोकसेवा आयोगको कार्यालय पनि भाडाकै घरमा छन् ।  प्रदेश सरकारले तिर्ने भाडा बर्सेनि बढ्दो छ ।

आर्थिक वर्ष २०८०–०८१ म मात्रै पाँच करोड ९४ लाख १६ हजार रूपैयाँ खर्च गरेको छ । प्रदेश सरकारले जग्गा र घर भाडावापत आर्थिक वर्ष २०७७–०७८ मा पाँच करोड ७६ लाख ७४ हजार खर्च गरेको छ ।

आर्थिक वर्ष २०७८–७९ मा छ करोड छ लाख १४ हजार रुपैयाँ खर्च गरेको थियो । आर्थिक वर्ष २०७९–८० मा छ करोड ४४ लाख ९७ हजार खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ऋषिकुमार खनालले जानकारी दिए ।

प्रदेश संरचना निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा सरकारले एक करोड रूपैयाँ छुट्याएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.