
काठमाडौं । नेपाली महिला फुटबल टोलीका खेलाडीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
बुधबार काठमाडौंमा भएको साफ महिला फुटबल प्रतियोगितामा उपविजेता टोलीलाई प्रधानमन्त्री ओलीले बोलाएर आज भेटेका हुन् ।
प्रधानमन्त्री ओलीसँग खेलाडीले सरकारबाट पाउनुपर्ने साथ सहयोग नपाएको गुनासो गरे । नै नपाएको गुनासो गरे ।
खेलाडी भएवापत् सरकार र सरोकारवाला निकायबाट पाउनुपर्ने साथ नपाउँदा खेलमा पनि आफूहरु ‘डिस्ट्रयाक्ट’ हुनुपरेको गुनासो खेलाडीले प्रधानमन्त्री ओली समक्ष राखे ।
भेटमा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेल क्षेत्रको विकासका लागि सरकार सकारात्मक नै रहेको बताए । बुधबार भएको साफ महिला फुटबल च्याम्पियनसिफ फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।
खेलाडीको गुनासो सुनिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुले राखेको मागप्रति आफू सकारात्मक रहेको बताए ।

























