
विराटनगर । विराटनगरको संगम पार्टी प्यालेसको तास अखडाबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
शुक्रबार राति विराटनगर महानगरपालिका– ११ मा रहेको संगम पार्टी प्यालेसबाट १० लाख ६ हजार नगदसहित १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने सबै विराटनगरका व्यापारीहरु हुन् ।
विशेष सूचनाका आधारमा पुगेको प्रहरीले शुक्रबार राति १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र पाँच सेट ताससहित उनीहरुलाई पक्राउ गरेको माेरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जाेशीले बताए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा लिला सहनीसहित १० जना छन् ।

























