मैत्रीपूर्ण खेलका लागि नेपाली टाेली घाेषणा

Share this
641shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १७, शनिबार १५:१७

विराटनगर । दुई देशसँग हुने मैत्रीपूर्ण खेलमा लागि नेपाली पुरुष राष्ट्रिय फुटबल टोली घोषणा भएको छ ।

अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले ताजिकिस्तान र अफगानिस्तानविरुद्ध हुने खेलका लागि टिम घोषणा गरेका हुन् । टोलीमा चार नयाँ खेलाडी समावेश भएका छन् ।

नेपालले नोभेम्बर १३ देखि १९ को फिफा विन्डोमा ताजिकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाल यू–२० राष्ट्रिय टिमका फरवार्ड निराजन धामीसहित डिफेण्डरहरु अभिषेक वाइवा, रणदिन पौडेल र अन्जन महर्जनले पहिलो पटक सिनियर टिममा स्थान बनाएका हुन् ।

निराजनले केही समयअघि घरेलु मैदानमा भएको साफ यू–२० च्याम्पियनसिपमा फाइनलसम्म पुर्‍याउन ३ गोल गरेका थिए । अभिषेकले पनि दुई वर्षअघि घरेलु मैदानमा भएको साफ यू– २० च्याम्पियनसिप खेलेका थिए ।

नेपालका लागि संयुक्त रुपमा कीर्तिमानी १३ गोल गरेका अन्जन विष्टले पनि टिममा पुनरागमन गरेका छन् ।

२३ सदस्यीय नेपाली फुटबल टोली

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार ।

डिफेण्डर : अभिषेक लिम्बु, विमल पाण्डे, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, अभिषेक वाइवा, रणदिप पौडेल, अन्जन महर्जन ।

मिडफिल्डर : रोहन कार्की, मणिकुमार लामा, एरिक विष्ट, अरविन्द राई (आशिष),भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुश घलान, सुमित श्रेष्ठ।

फरवार्ड : जिलेस्पेजंग कार्की, अन्जन विष्ट, निराजन धामी ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.