
बुटवल । भैरहवा–बैंकक उडान आइतबारबाट सुरु भएको छ । थाइ एयर एसियाको विमानले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा उडान थालेको हो ।
बिहान ७ बजे अवतरण भएको विमान ७ः४० मा बैंकक प्रस्थान गरेको थियो । विमानमा चालक दलका ७ सदस्यहरु मात्रै थिए ।
अबदेखि सातामा २ दिन उडान हुने विमानस्थलले जनाएको छ । अर्को उडान मंसिर २३ गते हुने विमानस्थलका प्रवक्ता विनोद राउतले बताए । थाइ एअर एसियाले केही दिनअघि मात्रै भैरहवा र पुनः उडान काठमाडौंमा सुरु गर्न अनुमति पाएको थियो ।
भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको छ । विगतमा पनि उडान भएर रोकिएको थियो ।
यो विमानस्थलबाट नोभेम्बर ९ देखि जजिरा एअरले पनि साताको २ दिन उडान गर्ने तयारी गरेको जानकारी प्रवक्ता राउतले दिए । विगतमा पनि जजिरासहित एअरलाइन्सले केही समय उडान गरेपनि एक महिनापछि बन्द गरेका थिए ।
अब उडान सुचारु भएसँगै व्यवसायीहरु खुसी भएका छन् । भैरहवाबाट अन्तर्राष्ट्रिय उडानहरु नियमित र पर्याप्त हुनुपर्ने माग उनीहरुको छ ।

























