फाइल तस्बिर ।सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीले भाइटीकामा शुभकामना आदानप्रदान गरेका छन् ।
भाइटीकाको अवसरमा आइतबार सुनसरीको हरिनगर गाउँपालिका–२ स्थित नेपाल–भारतको दशगजा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले शुभकामना आदानप्रदान गरेका हुन् ।
आपसी सम्बन्ध सुधारका लागि दुई देशका सुरक्षाकर्मीले शुभकामना आदानप्रदान गरेको बताइएको छ ।

























