
पोखरा । प्रहरी नियन्त्रणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने छाड्न माग गर्दै प्रदर्शनमा उत्रिएका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खाेजेपछि ७ जनालाई पक्राउ गरेको हो । लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिएको छ । उनलाई अदालत लगेपछि उनका समर्थकले प्रदर्शन गरेका हुन् ।
सहकारी ठगी आरोपमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको थियो । प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गरेर आन्दोलनकारीलाई हटाएकाे थियाे ।

























