
काठमाडौं । मुलुकका विभिन्न ठाउँमा आज (आइतबार) हल्का वर्षा र हिमपातको सम्भावना रहेको पूर्वानुमान छ ।
विशेष गरेर पहाडी र हिमाल भेगमा वर्षा एवं हिमपातको सम्भावना रहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। पहाडी क्षेत्रमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

























