
काठमाडौं । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन् । आगामी मंसिर ५ गते आउने भएका हुन् ।
द्विवेदीको नेपालमा ५ दिने भ्रमण हुने छ । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नलाई आउन लागेका उनी ९ गतेसम्म नेपालमै रहने छन् । द्विवेदीलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने छन् ।
नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने पुरानै प्रचलन हो । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।
नेपाल आउनासाथ उनले सैनिक मञ्च टुँडिखेल पुगेर वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने बताइएको छ । द्विवेदी भारतीय स्थल सेनाको २९ औं प्रमुख हुन् । उनले २०२४ नोभेम्बर १ देखि जिम्मेवारी सम्हालेका थिए ।

























