ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २९, बिहीबार २२:२२

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–१ कोर्सेस्थित भित्री सडक खण्डमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

कोर्सेबाट ताप्लीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ त ९६१ नम्बरको खाली ट्याक्टर आफैं अनियन्त्रित भएर बिहान ९ः४० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट अन्दाजी ५० मिटरजति तल झर्दा चालक भोजपुरको हतुवागढी गाउँपालिका–२ का अन्दाजी १९ वर्षीय निरज मगरको मृत्यु भएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए ।

उनका अनुसार दुर्घटनामा परेर सहचालक उदयपुरको ताप्ली गाउँपालिका–२ का अन्दाजी २२ वर्षीय रमेश श्रेष्ठ गम्भीर घायते भएका छन् । उनलाई उपचारका लागि कटारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.