
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्छामा छोराछोरी र आमको मृत्यु निसासिएर भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
बिहीबार ३३ वर्षीया सीता दंगाल नगरकोटी, १५ वर्षीया छोरी अंशु नगरकोटी र दुई महिने छोरा मृत फेला परेका थिए । जाडोमा कोठा न्यानो पार्न ढोका थुनी माकल बालेर सुतेका कारण निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ ।
मृतकका पति कान्छा नगरकोटी भने कात्तिक १६ गतेदेखि बाहिरै थिए । घरको ढोका थुनेर नानीहरुसहित पत्नी बेपत्ता भएको भनेर उनले खोजतलासको मागसहित प्रहरीमा निवेदन दिएका थिए ।
प्रहरी गएर हेर्दा करिब २ साता पुराना शवहरु सडेको दुर्गन्धित अवस्थामा फेला परेको हो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























