
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–५ मा आज (शुक्रबार) जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको हो । जिप दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएके छ ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले दु्र्घटनामा ६ जना घाइते भएको जानकारी दिए । उनका अनुसार जात्रा हेरेर फर्किएकाहरु दुर्घटनामा परेका हुन् ।
गोकुलेस्वर अस्पतालमा उपचाररत घाइते सबैको अवस्था गम्भीर छ । मृतकको सनाखत पनि हुन बाँकी रहेको जोशीले बताए । उनका अनुसार घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

























