ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २, आइतबार ०८:२१

झापा । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको बिर्तामोड नगरपालिका–२ राम चोकमा आइतबार राति ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले पश्चिमतर्फ नै आउँदै गरेको मे १० प ६०१७ नम्बरको स्कुटरलाई साँझ ६ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक शिवसताक्षी नगरपालिका–७ की २२ वर्षीया रोजी कटुवाल र पछाडि सवार सवार २८ वर्षीया सरीता उराउ घाइते भएका थिए ।

उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति ८ः१५ बजेतिर  कटुवालको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुृमार चन्दले बताए । उनका अनुसार स्कुटरको पछाडि सवार उराउको अवस्था सामान्य छ ।

ट्रक र चालक झापाको अर्जुनधारा नगरपालिका–९ का ५२ वर्षीय राजकुमार कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.