
काठमाडौं । भ्रष्टाचार मुद्दामा सफाइ पाएका नेपाल सरकारका पूर्वमुख्य सचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् ।
उनलाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहको जिम्मेवारी दिएर नियुक्त गरिएको थियो । आयोगको जिम्मेवारीबाट उनले राजीनामा दिएका हुन् ।
उनी आइतबार मात्रै आयोगमा हाजिर भएका थिए । अर्यालको राजीनामाका विषया मन्त्रिपरिषद्ले निर्णय लिने छ । उनले कात्तिक १४ भ्रष्टाचार मुद्दामा सफाइ पाएका थिए ।
अर्यालमाथि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले सफाइ दिएपछि अर्यालको निलम्बन फुकुवा भएको थियो । निलम्बन फुकुवा भएसँगै आइतबार आयोगमा हाजिर भएका उनले पदबाट राजीनामा दिएका हुन् ।

























