उपनिर्वाचन : आज उम्मेदवारले निर्वाचन चिन्ह पाउने

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ५, बुधबार ०६:३०

काठमाडौं । आगामी उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका र अन्तिम नामावलीभित्र अटाएका उम्मेदवारले आज (बुधबार) निर्वाचन चिन्ह पाउने भएका छन् ।

दलका उम्मेदवारलाई त्यही दलको र स्वतन्त्रलाई विभिन्न चुनाव चिन्ह प्रदान गरिने छ । त्यसपछि आफ्नो चुनाव चिन्हसहित उम्मेदवारले चुनावी अभियानलाई झन् तीव्र पार्ने छन् ।

उम्मेदवारहरु यसअघिदेखि नै घरदैलो र मतदाता भेटघाटमा व्यस्त छन् । इच्छुक उम्मेदवारलाई बुधबार बिहान ९ देखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिन समय दिइएको छ ।

दिउँसो १ देखि ३ बजेसम्ममा अन्तिम नामावली प्रकाशन गरिनेछ । नामावली प्रकाशनसँगै दिउँसो ३ देखि साँझ ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको मनोनयन दर्ता आइतबार नै भएको थियो । सोमबार र मंगलबार उजुरी दिने तथा जाँचबुझ गरेर उम्मेदवारको नामावली प्रकाशन गर्ने गरियो ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.