
सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको रामधुनी नगरपालिका–२ शिव चोकमा भारतीय नम्बर प्लेटको स्कोरपिओले सीटी सफारीलाई ठक्कर दिँदा सफारी चालक महिलाको मृत्यु भएको छ ।
पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह ४३१५ नम्बरको सफारीलाई यूपी १६ यूके १९८९ नम्बरको स्कोरपिओले मंगलबार दिउँसो १ः५० बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट सफारी चालक रामधुनी–५ की ३६ वर्षीया सोनिया कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते भएकी उनको उपचारका क्रममा ओम साई अस्पताल झुम्कामा दिउँसो २ः४० बजेतिर मृत्यु भएको हो । दुर्घटनालगत्तै प्रहरीले स्कोरपिओ चालक भारतको सीतामढी सोनबरजाका ३४ वर्षीय अनिरुद्र सुडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

























