
काठमाडौं । भारतका स्थल सेनाध्यक्ष आज (बुधबार) नेपाल आउँदैछन् ।
नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल आउन लागेका हुन् । नेपाली सेनाका अनुसार द्विवेदीलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ ।
नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको सम्मान दिने पुरानै प्रचलन हो । मंसिर ९ गतेसम्म नेपालमा रहने द्विवेदीले राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग औपचारिक भेटवार्ता गर्ने बताइएको छ ।
उनी २०२४ नोभेम्बर १ देखि भारतीय स्थल सेनाको २९ औं प्रमुख बनेका हुन् ।

























