उर्लाबारी दुर्घटनाका मृतकको संख्या ३ पुग्यो

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ६, बिहीबार २२:१२

विराटनगर । मोरङको उर्लाबारीमा बिहीबार अपरान्ह दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा ४ः४५ बजेतिर दुर्घटना भएको हो । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको बताए ।

उनका अनुसार दुर्घटनामा मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४०/४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २७/२८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै अन्दाजी २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको हो । धिमाल र गुरुङको अस्पताल पुर्याउनसाथ र लिम्बूको उपचारका क्रममा मृत्यु भएको थियो ।

गम्भीर घाइते भएपछि उपचारका लागि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएका लिम्बूलाई साँझ पौने ७ बजेतिर चिकित्सकले मृत घोषित गरिदिए ।

लिम्बूको मृत्युसँगै उर्लाबारी दुर्घटनाका मृतकको संख्या ३ पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा पथरीशनिश्चरे–५ का २५/३० वर्षीय विष्णु धिमाल गम्भीर घाइते भएको एसपी चिमरियाले बताए । उनको बी एन्ड सीमै उपचार भइरहेको छ ।

दुवै मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त छन् । प्रहरीका अनुसार प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकलका चालक दीपक धिमाल हुन् । अर्को मोटरसाइकलका चालक यकिन छैनन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोरङको उर्लाबारीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.