
काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्य नियुक्त भएका छन् ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले आचार्यलाई आयोगको प्रमुख सूचना आयुक्तमा नियुक्त गरेको हो । सूचना आयुक्तमा गगन विष्ट र दूर्गा भण्डारी नियुक्त भएका छन् ।
गत कात्तिक २९ गते उनीहरूको नाम सिफारिसमा परेको थियो ।

























