
विराटनगर । अधिवक्ता तहको लाइसेन्स परीक्षा मंसिर २१ र २२ गते हुने भएको छ । नेपाल कानुन व्यवसायी परिषद्ले ३२ औं अधिवक्ता तहको परीक्षा मंसिर २१ र २२ गते तोकेको हो । परिषद्ले परीक्षाका लागि सात वटै प्रदेशका लागि परीक्षा केन्द्र तोकेको छ ।
बागमती प्रदेशका लागि महेन्द्र रत्न क्याम्पस र पद्यकन्या बहुमुखी क्याम्पसलाई परीक्षा केन्द्र तोकेको छ ।
कोशी प्रदेशका सिटी कलेज विराटनगर, मधेश प्रदेशमा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, गण्डकी प्रदेशमा कालिका बहुमुखी क्याम्पस पोखरा, लुम्बिनी प्रदेशका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवल, कर्णाली प्रदेशका लागि अमर ज्योति नमुना माध्यमिक विद्यालय विरेन्द्रनगर, सुदूरपश्चिमका लागि सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर परीक्षा केन्द्र तोकेको हो ।मंसिर २१ गते संविधान र कानुन, मंसिर २२ गते मस्यौदा लेखन तथा कानुन अंग्रेजी नेपाली अनुवाद विषयकाे परीक्षा हुनेछ ।
एलएलबी परीक्षा पास गरेपछि मात्रै अधिवक्ताको परीक्षा दिन मिल्छ ।


























