प्रहरीले चलाएको मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

Share this
810shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ८, शनिबार ०८:१३
सांकेतिक तस्बीर

विराटनगर । प्रहरीले चलाएको मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका– ३ थापा चोकमा अस्थायी प्रहरी चौकी मंगलबारेमा कार्यरत प्रहरी सहायक निरीक्षक (असाई) चन्द्रबहादुर कार्कीले चलाई मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार पूर्वपश्चीम राजमार्गमा को १० प ७२३८ नम्बरको मोटरसाइकलले गस्तीमा रहेका प्रहरीले चलाएको बा २ ब ११८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी को १० प ७२३८ नम्बरको मोटरसाइकल चालक सुनसरी इटहरी– १९ का ३६ वर्षीय राजकुमार राई, उनकी श्रीमती ३२ वर्षीया पनिना राई घाइते भएकी छन् । प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्की घाइते भएका हुन् । घाइते तीन जनाकै अवस्था सामान्य छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.