
काठमाडौं । संघीय संसद (प्रतिनिधिसभा)को सचिवालयका सचिव सुरेश अधिकारीको राजीनामा आइतबार स्वीकृत भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राजीनामा स्वीकृत गरेका हुन् । अधिकारीले संसद सचिवालयको सचिवबाट राजीनामा दिएका थिए । उनले राजीनामा राष्ट्रपतिसमक्ष राजीनामा पेस गरेका हुन् ।
स्वीकृत भएसँगै अधिकारीको राजीनामा सोमबारदेखि लागू हुने छ । संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

























