इटहरीमा दुर्घटना : मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ९, आइतबार १८:४४
फोटो क्याप्सन : दुर्घटनास्थलमा भेला भएका प्रहरी र स्थानीय ।

सुनसरी । सुनसरीको इटहरी उपहानगरपालिका–१६ बालग्राम चोकमा आइतबार दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ ।

दुर्घटनामा परेर को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकलमा सवार संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३२ वर्षीय युवराज गुरुङ र उनकी पत्नी ३२ वर्षीय टीका गुरुङको मृत्यु भएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दम्पतीलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ क ३३८८ नम्बरको टिपरले सुरुमा बिहान ११ः३० बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट अनियन्त्रित भएर सडकमा पल्टिएको मोटरसाइकललाई टिपरको पछाडि रहेको प्रदेश १–०२–००१ ज ३८११ नम्बरको म्याजिक भेनले किचेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरीले म्याजिक र चालक इटहरी–१२ खनारका ३९ वर्षीय श्याम विक तथा टिपर र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–३ गछियाका ३५ वर्षीय सागर मग्रातीलाई नियन्त्रणमा लिएको छ । घटनाको इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.