मोरङमा दुर्घटना, २ जनाको मृत्यु

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १२, बुधबार ०७:४७

विराटनगर । मोरङका अलगअलग स्थानमा मंगलबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा र बूढीगंगामा दुर्घटना भएको हो ।

सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडामा मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । खोर्सानेबाट केराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४६ प ३२१२ नम्बरको मोटरसाइकलले पैदलयात्री महिलालाई राति ८ बजेतिर ठक्कर दिएको थियो ।

ठक्करबाट सुन्दरहरैँचा–१० की ६४ वर्षीया सीता गुरागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो ।

प्रहरीका अनुसार उपचारका क्रमममा गुरागाईंको मृत्यु भएको हो । दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल चालक मोरङको ग्रामथान गाउँपालिका–७ का २६ वर्षीय भुवन खप्तडीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

मोटरसाइकल चालकको साथमा लाइसेन्स (सवारी चालक अनुमतिपत्र) फेला नपरेको प्रहरीले जनाएको छ । चालकले मापसे (मादक पदार्थ सेवन) गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै, बूढीगंगा गाउँपालिका–५ मा साइकलबाट लडेर १ जनाको मृत्यु भएको छ । पोटियाबाट हात्तीमुडातर्फ जाँदै गरेको साइकल राति ८ः४५ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा साइकलयात्री बूढीगंगा–५ का २५ वर्षीय जलेश्वर सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.