
झापा । बोलेरो गाडीको ठक्करबाट झापामा एक जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षीमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालक शिवसताक्षी– ८ का अन्दाजी वर्ष ३५ का ललितबहादुर थापा मृत्यु भएको हो ।
शिवसताक्षी नगरपालिका– १ स्थित कमल पुलमा बुधबार बिहान अन्दाजी ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८२२१ नम्बरको बोलेरो र बिपरित दिशाबाट जाँदैं गरेको मे ६ प २५१४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक ३५ का थापा गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारको क्रममा बिहान करिब ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बोलेरो चालक मेचीनगर नगरपालिका– ८ बस्ने ३१ वर्षीय विशाल खवासलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

























