धनपालथानको पोखरीमा भेटियो महिलाको शव

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १२, बुधबार १४:४४

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ नुनिया टोलको पोखरीमा बुधबार बिहान एक जना महिलाको शव फेला परेको छ ।

भारतको मोजफरपुर घर भएकी ३५ वर्षीया पुनिता झाको शव सार्वजनिक पोखरीमा बिहान १०ः४५ बजेतिर फेला परेको प्रहरीले जनाएको छ । उनको माइती धनपालथान–६ हो ।

प्रहरीका अनुसार मोजफरपुर घर भए पनि उनी केही समयदेखि परिवारसहित माइतीमै बस्दै आएकी थिइन् । डुबिरहेको अवस्थामा देखेर स्थानीयले पोखरीबाट बाहिर निकालेका थिए ।

शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

 

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.