माेरङकाे लेटाङबाट तास खल्दै गरेका ९ जना पक्राउ

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १३, बिहीबार ०८:१३

विराटनगर । माेरङकाे लेटाङबाट तास खेल्दै गरेका ९ जना बुधबार राति पक्राउ परेका छन् ।

लेटाङ नगरपालिका-५ खेरुवाका कसम सूर्य मगरकाे घरकाे काेठामा चलिरहेको तासकाे खालमा इलाका प्रहरी कार्यालय लेटाङकाे टाेलीले राति ११:३० बजेतिर छापा हानेकाे थियाे ।

त्यस क्रममा घरधनी ३१ वर्षीय कसम सूर्य मगरसहित लेटाङ-५ का ५० वर्षीय कर्ण मगर, ४० वर्षीय दिलिपकुमार राई, ३७ वर्षीय दीपक विश्वकर्मा, ३१ वर्षीय डम्बर थापा, ३७ वर्षीय किरण मगर तथा लेटाङ-४ का ३१ वर्षीय सागर भुजेल, लेटाङ-३ का ३६ वर्षीय नरबहादुर गुरुङ र ३१ वर्षीय दिपेन श्रेष्ठ पक्राउ परेका छन् ।

माेरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जाेशीका अनुसार पक्राउ परेकाले खेल्न प्रयाेग गरेकाे १ सय ९ पत्ती तथा नखाेलिएकाे २ बुक तास खालबाट बरामद भएकाे छ । त्यस्तै, खालबाट ४८ हजार ५ सय र खेल्नेहरुकाे साथबाट ६१ हजार ८ सय गरेर १ लाख १० हजार ३ सय रूपैयाँ बरामद भएको जाेशीले बताए ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय लेटाङकाे हिरासतमा राखिएकाे छ । यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी जाेशीले दिए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.