जीवन विकास स्कुलमा कार्बन उत्सर्जन कम गर्ने परियोजना प्रदर्शनी

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १३, बिहीबार १०:३२

विराटनगर । जीवन विकास पब्लिक स्कुलमा थ्री जिरो क्लब र विद्यार्थीले कार्बन उत्सर्जन कम गर्ने विधिसहितको परियोजना प्रदर्शनी गरेका छन् ।

जीवन विकास पब्लिक स्कुलमा रहेको थ्री जिरो क्लबले आयोजना गरेको खुद कार्बन उत्सर्जनको परियोजना प्रदर्शनी कार्यक्रममा कार्बन उत्सर्जन कम गर्ने विधिसहितको परियोजना प्रदर्शनी भएकाे हाे ।

कार्यक्रमको अवलोकन गर्न देशका विभिन्न स्थानबाट लघुवित्त वित्तीय संस्था, सहकारी संस्था र गैरसरकारी संस्थाका पदाधिकारीहरु उपस्थित थिए । अवलोकन टोलीका संयोजक स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले युवा पुस्ताले देशको भविष्य उज्ज्वल बनाउने प्रतिक्रिया दिए ।  ‘विद्यार्थी भाइबहिनीको सृजनशीलता र सोचको अवस्था हेर्दा मलाई खुसी लाग्छ, यसले नेपालको भविष्य अत्यन्त उज्ज्वल देखाउँछ,’उनले भने,‘ ग्रामीण क्षेत्रमा रहेको जीवन विकास स्कुलले सहरी क्षेत्रका विद्यालय भन्दा उत्कृष्ट काम गरिरहेको छ ।’

कार्यक्रममा जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले युवा पुस्तालाई तीन शून्य अवधारणामा जोड्नका लागि विद्यालय तहबाटै अभियान सञ्चालन गर्नुपर्ने बताए ।

शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्वन उत्सर्जनका लागि सबैले आफ्नो स्थानबाट भूमिका खेल्नु पर्ने उनको भनाइ छ । ‘थ्री जिरो अभियानलाई युवासम्म पुर्याउने प्रभावकारी माध्यम विद्यालय नै हो,’ उनले भने,‘ धनी गरिब केही हेर्दैन,यहाँ बसेको,त्यहाँ बसेको पनि देख्दैन सबैलाई असर गर्छ जलवायु परिवर्तनले ।’

शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनका लागि सबै नागरिक थ्री जिरो क्लबको अवधारणा अनुसार अघि बढ्नुपर्ने बताउँदै उनले भने,’सबैले आ–आफ्नो ठाउँबाट योगदान गरेर कार्बन उत्सर्जन कम गर्न सकिन्छ ।’

विद्यालयका प्रधानाध्यपक अजयकुमार मण्डलले कार्बन उत्सर्जन कम गर्ने अभियान अन्तरगत विद्यार्थीले विभिन्न योजना तयार गरेको बताए । जलवायु परिवर्तनको समस्या समाधान गर्नका लागि एक जुट भएर अघि नबढे आउने पुस्तालाई झन समस्या हुनसक्ने बताउँदै उनले पृथ्वी जोगाउनका लागि एक जुट भएर अघि बढ्ने सन्देश विद्यार्थीले दिन खोजेको बताए ।

कार्यक्रममा विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो ।

जीवन विकास लघुवित्त, थ्री जिरो क्लब र नव बिहानीसँगको सहकार्य यसअघि मोरङको जहदा गाउँपालिका– ५ मा रहेको जनता माध्यमिक विद्यालय, धनपालथान गाउँपालिका ३ सोराभागमा रहेको शिवशक्ती माध्यमिक विद्यालय, धनपालथान गाउँपालिका – २ मा रहेको जनता माध्यमिक विद्यालयमा हाजिरजवाफ प्रतियोगिता आयोजना गरेको थियो ।

शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित थ्री जिरो अर्थात तीन शून्य क्लबले काम गरिरहेका छन् । थ्री जिरो क्लबमा १२ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवाले सहभागिता जनाउन पाउँछन् ।

एउटा क्लबमा पाँच जना सदस्य हुन्छन् । थ्रि जिरो क्लबको अवधारणा नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले अघि सारेका थिए । थ्री जिरो क्लब विश्वका ५० भन्दा बढी देशमा  फैलिएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.