
विराटनगर । साइकलयात्री मजदुरको मोबाइल खोसेर भाग्दै गरेका युवालाई प्रहरीले बिहीबार बिहानका राति मोरङको जहदाबाट पक्राउ गरेको छ ।
जहदा गाउँपालिका(३ भातीगछका २२ वर्षीय रविन सहनीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार सहनी जहदा(५ का २२ वर्षीय शंकर मुखियाको साथमा भएको रेडमी मोबाइल खोसेर भागेका थिए ।
विराटनगरबाट मजदुरी गरेर साइकलमा घर फर्कदै गरेका मुखियालाई जहदा(४ स्थित लोहन्द्रा पुलमा सहनीले बिहानका राति २ बजेतिर रोकेका थिए । मुखियालाई पुलमा रोकेर साथमा भएको मोबाइल खोसेपछि सहनी भागेको प्रहरीले जनाएको छ ।
मोबाइल लिएर भाग्दै गरेका उनलाई पक्राउ गर्न प्रहरी सफल भएको जोशीले बताए । खोसेको मोबाइलसहित पक्राउ परेका सहनीमाथि थप अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।

























