विवादमा पर्याे कोशीका मुख्यमन्त्रीको घोषणा

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १४, शुक्रबार १३:२६
खेलाडी विदाइका क्रममा मुख्यमन्त्री ।

विराटनगर । व्यापारिक संस्था विराटनगर किङ्सले नेपाल प्रिमियर लिगको उपाधि जिते ३० लाख रुपैयाँ पुरस्कार दिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको घोषणा विवादमा परेको छ ।

मंगलबार खेलाडीको बिदाइका क्रममा मुख्यमन्त्रीले उपाधि जिते प्रदेश सरकारको तर्फबाट ३० लाख दिने घोषणा गरेका थिए । व्यापारिक हिसाबले आयाेजित प्रतियाेगिताका बिजेतालाई पुरस्कार दिने मुख्यमन्त्रीको  घोषणा विवादमा परेको हो ।

नेपाल क्रिकेट संघ क्यानको कोशी,प्रादेशिक क्रिकेट संघ र जिल्ला क्रिकेट संघ मोरङले सरकारले क्रिकेटको महत्त्व नबुझी रकमको घोषणा गरेको आरोप लगाएको छ ।

कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डेले प्रतियोगिताको विषयलाई नबुझी सरकारले निजी क्षेत्रलाई मात्र हेरेर पुरस्कारको घोषणा गरेको बताए ।

प्रादेशिक संरचनामा संघले आयोजना गरेको प्रतियोगिताका लागि पटक–पटक सहयोगमाग्दा रित्तो हात फर्कनु परेको उनको भनाइ छ । एनपीएलमा सहभागी किंग्सको प्रदेश र जिल्लासँग कुनै सम्बन्ध नभएको उनको गुनासो छ ।

जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद बाबुसाद कुरैसीले मुख्यमन्त्री कार्कीले निजी क्षेत्रलाई पोस्नका लागि रकम दिन्छु भन्नु आफैमा हास्यापद भएको बताए ।

विराटनगर किंग्सले शनिबारबाट सुरु हुने एनपीएल लिगको लागि १ करोड ५१ लाख रुपैया लगानी गरेको छ । आठ टोलीमध्ये सर्वाधिक खर्च गर्नेमा विराटनगर किंग्स सातौ स्थानमा छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.