
काठमाडौं । नेपालका व्यापारीलाई भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले झापा घर भएका हरि फुयाँललाई पक्राउ गरेको हो । प्रहरीले उनलाई नेपाल भारत सीमा क्षेत्र पानी ट्याङ्कीबाट पक्राउ गरेको बताएकाे छ ।
भारतमा बसेर उनले नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेका थिए । ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीका अनुसार पक्राउ परेका फुयाँलमाथि अनुसन्धान भइरहेको छ ।
६ जना व्यवसायीले विश्नोइको नाममा आफूलाई धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।

























