
विराटनगर । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालिरहेका मन्त्री भूपेन्द्र राईको नाममा जग्गैजग्गा रहेको विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक विवरण अनुसार मन्त्री राईकाे नाममा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २ वटा घर छ । १५ स्थानमा जग्गा छ ।
१५ तोल सुन र १० तोला चाँदी छ ।
१२ वटा कम्पनीको शेयर रहेका मन्त्री राईले १० लाख रुपैयाँ ऋण लिएको विवरण पेश गरेका छन् ।
विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस्

























